खाद्य दिवसका अवसरमा प्रभातफेरी

Read Time = 3 mins

चितवन । खाद्यका लागि कृषि अभियानलगायतका संस्थाले विश्व खाद्य दिवसका अवसरमा शनिबार चितवनमा प्रभातफेरी अयोजना गरेका छन् । चितवन नारायणगढको पुल्चोकबाट सुरु भएको प्रभातफेरी चौबिसकोटीमा सम्पन्न खाद्यका लागि कृषि अभियान र सम्बद्ध संस्थाहरू, जिल्ला प्रांगारिक समूह, लमजुङ क्याम्पसका विद्यार्थी समूहहरू, कृषि र वन विज्ञान विश्वविद्यालयका विद्यार्थी समूह, रामपुर क्याम्पसका विद्यार्थी समूह र स्थानीय संघसंस्थाको आयोजनामा कार्यक्रम भएको आयोजकले जनाएको छ ।

प्रभातफेरीमा सहभागीहरूले जमिन कसलाई ? खेती गर्ने किसानलाई, आफ्नै घरको छाना देऊ, खेती गरी खान देऊ, सबै किसान साथीभाइ, माटो बचाउ पछिलाई, बोक्छ भारी जोत्छ खेत, किसान मर्छ खाली पेट, रैथाने सीप रैथाने बीउ, स्वस्थ खाना फूर्तिलो जिउ, बिचौलिया हिँड्छ कारमा, किसान सधंै मारमा जस्ता विविध नाराका प्लेकार्ड बोकेका थिए ।

ADVERTISEMENT

सो अवसरमा कृषि स्नातकका विद्यार्थी भुवन गौलीले नेपालको कृषि र कृषि प्रणाली फेर्न कृषि विद्यार्थीले पैरवी गरिरहने बताउनुभयो भने डा. सुवास बस्नेतले खाना र जनस्वास्थ्य एक सिक्काका दुई पाटा भएको र अहिलेको विषाक्त खानाले जनस्वास्थ्य डरलाग्दो गरी बिगिँ्रदै गएको बताउनुभयो । जिल्ला प्रांगारिक संघ चितवनका अध्यक्ष चन्द्र अधिकारीले किसानले प्रांगारिक खेतीप्रति रुचि देखाए पनि गर्न तत्पर नभएकाले अभियानले किसानको आत्मबल बढाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय किसान समूह महासंघ नेपालकी महासचिव रिता बस्ताकोटीले साना, सीमान्तकृत, महिला भूमिहीन किसानका आवाज सरकारसम्म पुर्‍याउन सबै सरोकारवाला तयार हुनुपर्ने बताउनुभयो । खाद्यका लागि कृषि अभियानका सस्थापक संयोजक डा. कृष्णप्रसाद पौडेलले अहिलेको अत्यधिक रसायन र विषादी प्रयोगले माटो र मानिस दुवै विषाक्त बनेको बताउनुभयो । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले अभियानले किसान र खानाका मुद्दा उठाउँदै आइरहेको भन्दै ऐक्यबद्धतासाथ अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?