जुरिखेत दुर्घटना : मृतक दुईको सनाखत

Read Time = 1 min

मकवानपुर । जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकखण्डमा आज दिउँसो सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुईको सनाखत भएको र बाँकी पाँच जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

हालसम्म बारा जिल्ला निवासी अन्दाजी वर्ष ३३ की अञ्जुला मिया ठकुराई र नुवाकोट जिल्ला स्थायी घर भई हाल रौतहटको गौरमा कार्यरत सुरक्षाकर्मी अन्दाजी वर्ष ३४ का रघुराज न्यौपानेको मात्रै सनाखत भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

आज दिउँसो काठमाडौँबाट वीरगञ्जका लागि छुटेको बा ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतस्थित ११ घुम्तीको ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनुभएका २५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३२ जना सवार हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?