युक्रेनमा लड्न नागरिकलाई आंशिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मस्को । युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको छ ।

राष्ट्रका नाममा पुटिनको बुधबार बिहानको सम्बोधनपछि देशभरका ३८ विभिन्न शहरमा प्रदर्शनमा उत्रिएकामध्ये कम्तीमा १३३२ जनालाई हिरासतमा लिएको ओभीडी सूचना अनुगमन समूहले जनाएको छ ।

बुधबारको प्रदर्शन फेब्रुवरीमा युक्रेनमा मस्कोको सैन्य हस्तक्षेपको घोषणापछिकै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रहरीले राजधानी मस्कोको मुख्य किनमेल सडकबाट ५० जनालाई नियन्त्रणमा लिएको समाचार संस्था एएफपीले जनाएको छ ।

ADVERTISEMENT

प्रदर्शनकारीहरुले ‘परिचालन होइन’ भन्दै नारा लगाएका थिए । यसैबीच, बुधबार टेलिभिजन सम्बोधनमा पुटिनले मस्कोले युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रुसले सुरुमा करिब ३ लाख जना परिचालन गर्ने बताएका छन् ।

आंशिक सैन्य परिचालनको अमेरिकालगायत पश्चिमा देशले विरोध गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज