✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ५ गते बुधबार, ई.सं.- २१ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष एकादशी, नक्षत्र- तिष्य, योग- परिघ, करण- वव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः५२, सूर्यास्तः १८ः०० ।
मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।
कर्कट : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।






