नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

Read Time = 2 mins

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा ल्याएको छ । नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोड छान्ने सुविधाका साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ । नयाँ स्कुटरमा मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडीलगायत थुप्रै कनेक्टिभिटी सुविधा समावेश रहेको बताइएको छ ।

सो अवसरमा टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस उपाध्यक्ष राहुल नायकले भन्नुभयो, ‘नेपाल सधैं हाम्रा लागि प्रमुख बजार भएको छ र ग्राहकका लागि हाम्रा प्रस्ताव ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं ।’ जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भन्नुभयो, ‘टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुनसक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौं र अहिलेको नयाँ पुस्ताका राइडरबीच यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।’

ADVERTISEMENT

एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा रहेको र रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किलोमिटर प्रतिघण्टासम्म बढाउन सकिने कम्पनीले जनाएको छ । ट्राइ-टोन कलर रिमसहित उपलब्ध स्कुटरको मूल्य भने तीन लाख पाँच हजार नौ सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?