डडेल्धुरामा कार दुर्घटना, चार जना घाइते

Read Time = 1 min

धनगढी । धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार धनगढीबाट दीपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

ADVERTISEMENT

दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक) सहित दीपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताउनु भयो ।

घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?