कोइरालालाई नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान जारी भएको हो ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेका छन् । नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो ।

ADVERTISEMENT

त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रिते, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुसहित विभिन्न ९९८ जना महानुभावहरूलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?