फिलिपिन्समा कोभिडबाट एकैदिन २१ सय संक्रमित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मनिला । फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन् । योसँगै कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ ।

अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्युभएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ ।

ADVERTISEMENT

फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए । तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

फिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूूर्ण खोप लगाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज