२०७४ कोे समानुपातिक तर्फको बन्दसूची आज रातिदेखि स्वतः निष्क्रय हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालमा दलहरूले बुझाएको समानुपातिक तर्फको बन्दसूची आज (शनिबार) राति १२ बजेपछि स्वतः कायम नरहने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले गरेको उक्त निर्णयको जानकारी राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने उल्लेख गर्नुभएको छ । समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधिसभाको कार्यकाल शनिबारबाटै समाप्त हुनेछ ।

‘राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९/०५/२८ को पत्र तथा मिति २०७९/०५/२९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा विसं. २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९/०६/०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा छ, ‘आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, संघीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दलहरूलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।’

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार मतदाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मतदाताको संख्या सार्वजनिक गरेको हो ।

निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला आयोगमा दर्ता भएका छन् ।

ADVERTISEMENT

९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत भएको हो । आयोगले उक्त अन्तिम नामावली शुक्रबार स्वीकृत गरेका हो ।

१० हजार ८९१ मतदान स्थल
आगामी प्रतिनिधिसभाका लागि आयोगले १० हजार ८९१ मतदानस्थल ताकेको छ । २२ हजार २२६ वटा मतदान केन्द्रबाट मतदान सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं छन् । सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।

सबैभन्दा धेरै मतदाता भएको प्रदेशमा बागमती प्रदेश, प्रदेश नं. १ र मधेश प्रदेश छ । कम मतदाता भएको प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *