बससेवाको अनलाइन टिकटिङ

Read Time = 2 mins

काठमाडौं । अनलाइनमार्फत् बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू गरेको छ । यात्रुले नेपालका कुनै पनि गन्तव्यका टिकट आफ्नो मोबाइलमार्फत् सहजै काट्न सक्नेछन् । दशैंमा गएका यात्रुले फर्कन पनि बससेवाबाटै टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।

बससेवाबाट नेपालका अधिकांश रूटका टिकट काट्न सकिन्छ । यात्रुले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट बुकिङ गर्न सक्नेछन् । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो, ‘हामीले विगतदेखि नै यात्रुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौं, यसपटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गरी सहजरूपमा यात्रा गर्नुहुन अनुरोध गर्दछौैं ।’

ADVERTISEMENT

अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्ने र इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोनबाट टिकट काट्न सक्ने कम्पनीले जनाएको छ । साथै खल्ती, आइएमइ पेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाइल बैंकिङमार्फत् समेत टिकट काट्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?