ओलीमाथि प्रचण्डको आरोप : भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भनेर भ्रष्टाचार मात्रै गरे

Read Time = 8 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनु भयो । उहाँले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताउनु भयो । अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताउनु भयो । उहाँले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्नेकुरा पनि केही मानिसहरुले गर्ने गरेको बताउनु भयो । उहाँले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले कृषिप्रदान देश र कृषिमा आधारित उद्योगहरुमार्फत नै नेपालको विकासले गति लिन्छ पनि भनेका छाँैँ । खाद्यान्न आायत गरिरहेका छौँ, जमिन बाँझो छ, युवाशत्तिः विदेशमा छ, रेमिट्यान्स आएको छ, हामी चलेका छौँको स्थिति हामीले भोगिरहेका छौँ । त्यसकारण यो परिस्थिति बदल्नुछ, कसले बदल्छ, मेरो चिन्ता, यस खालका फोरममा गम्भीर ढंगले अपिल गरेको छु, जसले यो राजनीतिक परिवर्तन ल्याउन पहल गरेको थियो उसैबाट यो सम्भव छ । हामीले हाम्रो प्रणालीका कारणले देखापरेका विकृति र विसंगति सुधार गर्नुछ, अब शान्तिपूर्ण तरिकाले नेपालमा जे कारणले कुशासन र भ्रष्टाचार जत्ति भनेपनि बढेको बढ्यै छ । हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ, म भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । प्रणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् । एकातिर निर्वाचन प्रणालीमा सुधारेर र शासन प्रणालीमा सुधारेर विकृति विसंगतिलाई सुधार्न सकिन्छ । यो कुरा भन्दै गर्दा एकथरीलाई माओवादी, संघीय, लोकतासन्त्रक गणतन्त्र, समावेशी, समानुपातिक सबैले अधिकार पाउनुपर्छ भन्नेकुरा मन नपर्ने मान्छे पनि त छन्, तपाईलाई थाहा छ । प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्नेपनि मान्छे छन् । माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो ।’

अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गर्नुभयो । अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उद्योग व्यवासायी साथीहरुसँग म आज विशेष रुपले अपिल गर्न चाहन्छु, तपाई र हाम्रो काँधमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने, त्यसको नेतृत्व गर्ने, देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको बाटोमा डोर्याउने, परनिर्भरताको स्थिति भयानक छ, हाम्रो यस क्षेत्रमा राम्रो दक्षता हासिल गर्नुभएको कुरा राख्नुभएको छ, हामीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा हाम्रो आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिन्छ । तर अपेक्षित प्रगति भइरहेको छैन । हामी ६० वर्ष अघि खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएनौँ । खाद्यान्न निर्यात गर्दथ्यौँ । हामी यत्ति धेरै प्रगति भयो भन्छौँ तर आत्मनिर्भरताको दृष्टिकोणले, सबलताको दृष्टिकोणले हामी झन कमजोर भएर गएका छौँ । हामीले खाद्यान्न आयात गर्नुपर्ने स्थिति छ । सागशब्जीदेखि, माछामासु, चाडपर्वमा आवश्यक पर्ने घरघरमा बन्ने सामान पनि विदेशबाट आायत गर्नुपर्ने अवस्था छ । नेपालको पहिचान गुन्द्रक पनि विदेशबाट ल्याउने भनेपछि हाम्रो आर्थिक अवस्था कति गम्भीर र जटिल छ भन्नेकुरा यसले स्पष्ट देखाएको छ । यसलाई बदल्नु छ, यसलाई बदल्ने कुरा सजिलो रहनेछ ।’

अध्यक्ष दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?