रुसी कब्जाबाट फिर्ता गरेको भूमिमा जेलेन्स्कीको भ्रमण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

एजेन्सी । युत्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जाबाट पुनः आफ्नो नियन्त्रणमा लिएको स्थानको भ्रमण गरेका छन्। उनले इजियम सहरको भ्रमण गरेका हुन्। उनले उक्त सहरमा युक्रेनकी झण्डा फहराउने कार्यक्रममा पनि भाग लिएका थिए।

पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको छ ।

जेलेन्स्कीले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताए ।युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फिर्ता लिइरहेको छ ।

खार्किभमा छोटो समयमै ८ हजार वर्ग किलोमिटरभन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वी डोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।

ADVERTISEMENT

जेलेन्स्की चढेको कार दुर्घटना

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो ।

जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताएका छन् ।

कारका चालकलाई तत्काल एम्बुलेन्सले अस्पताल पुर्याएकाले राष्ट्रपति जेलेन्स्की पनि घाइते भएको अनुमान गरिएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज