काठमाडौं। स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मगडेलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन्।
स्वीडेनमा भएको संसदीय निर्वाचनमा हार स्वीकार्दै उनले पदबाट राजीनामा घोषणा गरेकी हुन्। स्वीडेनमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी शक्तिहरुको अभूतपूर्व जित भएको छ।
निर्वाचन परिणाम अनुसार कुल ३५९ सदस्यीय संसदमा दक्षिणपन्थी स्वीडेन डेमोक्रेट्स् र उग्र दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्र्याट्सले १७६ सीटसहित बहुमत सिट जितेका छन्। सत्ताधारी मध्यमार्गी र बामपन्थी पार्टीहरु भने १७३ सीटमा खुम्चिएका छन्।
दक्षिणपन्थी नेता उल्फ क्रिस्टेरसन प्रधानमन्त्री बन्ने पनि पक्का भएको छ। उनले आफ्नो नेतृत्वमा सरकार बन्ने भन्दै अब बन्ने सरकार सवै स्वीडिस जनताको हुने बताएका छन्।
राष्ट्रवादको नारा लगाउने दक्षिणपन्थी पार्टीहरुले बढ्दो आप्रवासी समस्यालाई मूख्य मुद्दा बनाएका थिए।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts