संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखापरिरहेका विभिन्न साझा समस्या तथा चुनौतीको समाधानाका लागि विश्वका देशहरू ऐक्यबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।
मंगलबार संयुक्त राष्ट्रसंघको ७७औं महासभाको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखापर्नसक्ने सबै प्रकारका चुनौतीलाई समाधान गर्न सबै सदस्य राष्ट्रहरू एक भएर लाग्नुपर्ने बताउनुभयो ।
सो सभालाई सम्बोधन गर्दै महासचिव गुटरेसले यसअघिको ७६औं महासभाको उद्घाटनका क्रममा पनि हाम्रासामु धेरै प्रकारका चुनौतीको पहिचान भएको थियो, तर ती अहिले पनि हामीसँगै छँदैछन् भन्नुभयो ।
ती समस्यालाई आगामी दिनमा सबैको समान प्रयासबाट समाधान निकाल्न सकिन्छ उहाँले भन्नुभएको छ । ‘शान्ति, मानव अधिकार तथा जलवायु परिवर्तनका समस्या हाम्रा सामु रहेकाले तिनको समाधानमा हामी सबै लाग्नुपर्छ’, उहाँले भन्नुभयो । रासस÷सिन्हृवा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts