भवन भत्किँदा ५ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

अम्मान । जोर्डनको राजधानी सहर अम्मानमा मंगलबार एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । भत्किएको भवनमा केही मानिस फसेका छन् ।

एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल-सर्तावीले पाँच जनाको मृत्यु भएको बताए । नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे । तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन् ।

ADVERTISEMENT

प्रधानमन्त्री बिसेर अल-खासवनेहले भत्किएको भवनको निरीक्षण गरेका छन् । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीले सहरका मेयरलाई निर्देशन दिएका प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज