पुतलीबजार नगरपालिकामा एकीकृत पोषणसम्बन्धी कार्यशाला गोष्ठी

Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी आज पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

पुतलीबजार नगरपालिकाको अगुवाइमा र सुआहारा परियोजना र दियालो गैह्र सरकारी संस्थाको संयुक्त पहलमा एकीकृत पोषण सम्बन्धी सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष तथा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकाले आगामी दिनमा पोषण सुधारका लागि आवश्यक बजेटसहित विभिन्न रचनात्मक क्रियाकलाप गर्दै नेपाल सरकारले अवलम्बन गरेको दिगो विकास लक्ष्य तथा बहुक्षेत्रीय पोषण योजना दोस्रो चरण कार्यक्रमका लक्ष्य प्राप्त गर्ने दिशामा केन्द्रित हुने धारणा व्यक्त गर्नुभयो । उहाँले सुहारा परियोजना भए पनि नभए पनि पोषण गतिविधिलाइ स्थानीय तहमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, पुतलीबजार नगरपालिकाभित्रका सम्पूर्ण वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, स्याङ्जा च्याम्बर अफ कमर्सका प्रतिनिधि लोकनाथ रेग्मी, पुतलीबजार नगरपालिकाभित्रका ७ वटा विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, दियालो गैह सरकारी संस्थाका बोर्ड सदस्य चण्डिका सापकोटा लगायत सुआहाराका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा पुतलीबजार नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि भवानी शङ्कर पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ईश्वरबहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा सुआहाराका पोषण सहजकर्ताहरु सुष्मा शाही, कोपिला पुरी र विन्दु डोटेललाई पोषण सम्बन्धी गतिविधिमा सक्रियतापूर्वक कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको नगर प्रमुखका स्वकीय सचिव गौतम गिरीले बताउनुभयो ।

सुनौला हजार दिन (गर्भवती, सुत्केरी, दुई वर्ष मुनिका बालबालिकाहरु) र किशोर किशोरीहरुको पोषण सुधारका सम्बन्धमा पुतलीबजार नगरपालिकाका तर्फबाट भएका प्रयासहरु र सुहाआरा दियालो गैह्रसरकारी संस्थाका तर्फबाट भएका असल अभ्यास तथा सिकाइका बारेमा जानकारी आदानप्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?