मदाने गाउँपालिकाद्वारा एक सय दिनको कार्यप्रगति सार्वजनिक, जनजीविकाको विषय विशेष प्राथमिकतामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको मदाने गाउँपालिका जनप्रतिनिधिहरूले नागरिकको जनजीविकाको विषयलाई विशेष प्राथमिकता दिएर काम गरेका छन् । यहाँका जनप्रतिनिधिहरुले नगारिकलाई विशेष महत्व दिएर जनताको हितमा हुने महत्वपूर्ण कार्यहरू गरेका हुन् ।

आफुले कार्यभार सम्हालेको दिनदेखि हालसम्मको कार्यप्रगति मार्फत जनप्रतिनिहरूले सबै नागरिकको हितमा हुने महत्वपूर्ण काम गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो । उहाँले आफुहरुले गरेका मुख्य बाह्र कामहरु नागरिकका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

‘हामीले गाउँपालिकालाई सुशासनयुक्त बनाउने गरी काम गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्नु हाम्रो मूल मर्म हो ।’ एक सय दिनको कार्यप्रगतिले जनताको जनजीविको सँग जोडिने काम गरेको अध्यक्ष कुँवरको दाबी छ ।

ADVERTISEMENT

उहाँका अनुसार २० युनिट न्यूनतम विद्युत महसुल निःशुल्क छुटको निर्णय गरिएको छ । गाउँपालिकाभित्र प्रसुति हुन नसकेका महिलाहरुलाई यातायात खर्च निःशुल्क ब्यवस्था गरिएको उहाँले बताउनुभयो । त्यस्तै, एक सय दिनको अवधिमा एउटा गाउँसभा र दश वटा गाउँकार्यपालिकाको बैठक भएको छ । सबैजसो विषयगत समिति गठन गरी बैठक गरिएको हो ।

यस आर्थिक वर्षका लागि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालन लगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरेको छ । वर्षायामको समयमा स्थानीय सडकहरु मर्मत गर्ने नीति निर्माण गरेको छ । पालिकामा जिल्ला र प्रदेश कार्यालय मार्फत हुने विकास योजनाहरुलाई गाउँपालिकाले समन्वय तथा नियमन गर्ने नीति बनाएको छ ।

त्यस्तै, नियमित रुपमा अति बिपन्न असहाय र औषधी उपचार गर्नेहरूलाई आर्थिक सहयोग गर्ने गरिएको छ । कोभिड-१९ तथा अन्य खोप पूर्ण सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । पालिकाको कामलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुको कार्य सम्पादन सम्झौता समेत भएको गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोखरेलले बताउनुभयो ।

गाउँपालिकाले सालझण्डी ढोरपाटन सडकखण्ड अन्तर्गत गाउँपालिकामा पर्ने सौतामारेदेखि गंगरेसम्मको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गराई सालझण्डी ढोरपाटन सडकको अर्घाखाँचीको सन्धिखर्क देखि वाग्लुङको गंगरे सम्म कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरुसँग गाउँपालिका विकासका लागि सुझाव संकलन समेत गरेको सुचना अधिकारी पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?