नरसिंहपुर । ज्योतिर्मठ बद्रीनाथ र शारदा पीठ द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधन भएको छ । मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वरस्थित परमहंसी गंगा आश्रममा उहाँको निधन भएको हो ।
उहाँले राम मन्दिर निर्माणका लागि लामो कानुनी लडाइ लडनुभएको थियो । उहाँले नौ वर्षको उमेरमा घर छोडेर धर्म यात्रा सुरु गर्नुभएको थियो । उहाँले काशीमा स्वामी कर्पात्री महाराजबाट वेद–वेदांग शास्त्रहरू सिक्नुभएको थियो । उहाँले सन् १९८१ मा शंकराचार्यको उपाधि प्राप्त गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts