दिसपुर । भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजनाअन्तर्गत ती घरहरू बनाउने तयारी गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रञ्जितकुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिनुभएको छ । सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उहाँले बताउनुभयो । ती घरहरू प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन् ।
सरकारले घरवारविहीन रहेका, न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरू बनाउन लागिएको हो । ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरूलाई हस्तान्तरण गर्नेछ । भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरूमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरवारविहीनलाई घर दिने कार्यक्रम बनाएको छ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts