डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

Read Time = 1 min

धनगढी । डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेको र मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताउनु भयो । यता, पारिवारिक स्रोतका अनुसार किशोरको काठ बोकिरहेको अवस्थामा लडेर घाइते भएपछि मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?