हङकङका पाँच जना ‘स्पिच थेरापिस्ट’लाई जेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

हङकङ । ‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना 'स्पिच थेरापिस्ट'लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हो । भेडाहरुले आफ्नो गाउमा ब्वाँसाहरूलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।

पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् । तर, सरकारले छनोट गरेका न्यायाधीशले लेखेकले ‘ब्रेनवासको अभ्यास’ गरेको निस्कर्ष निकालेका छन् ।

पाँच जना ‘स्पीच थेरापिस्ट’ म्यान-लिङ, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फयलन्गले यसअघि नै एक वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

ADVERTISEMENT

सन् २०२० देखि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि नागरिक स्वतन्त्रतामाथिको दमनबीच चीनले सजाय सुनाएको हो ।

सहरलाई स्थिरततर्फ लैजान कानुन आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ । तर, असन्तुष्टलाई दमन गर्न र हङकङको स्वायत्तलाई कमजोर पार्न उक्त कानुन आवश्यक रहेको बेइजिङले दाबी गर्दै आएको छ ।

हङकङ चीनको विशेष प्रशासकीय क्षेत्र हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज