अब घटना, घटाउने अनुसन्धान गरौँ

Read Time = 9 mins

✍️ सुरेशराज भट्ट
विषय प्रवेश गर्नु पहिले ‘घटना घटाउने’ शब्द बारे स्पष्टीकरण-घटना घटाउने को ? अपराधी हो । उसले किन घटना घटायो ? के कारण पर्‍यो सामूहिक हत्या गर्नु ? के हत्यारामात्र दोषी छ घटना घट्नमा ? के मारिने घटना घटाउनमा कारणी/दोषी हुन सक्दैन ? यसरी खोज्दै गएर कारण पत्ता लगाएर बेलैमा ती विवाद कलह वैमनश्य, संवेग, आवेश, चरित्र, बानी व्यहोर, आचरण, क्रोध शान्त गर्न वा ती दुई पक्षलाई बेलामा अलग गर्न सकिँदैन ?

यसरी खोजी गरेर साम्यपार्ने वा अलग्याउने काम राज्य, कानुन, समाज परिवारले गरेमा घटना घटाउन अर्थात् घट्न सक्दैन ? अवश्य सक्छ तसर्थ पहिले रोगै लाग्न नदिऊँ, दोस्रो बेलैमा उपचार गरिहालौँ अनि सँगसँगै घटना घटाऔँ (कम गरौँ) । घटनावृत्त अर्थात् प्रकृति मुचुल्का र स्थान विशेषले त तत्कालै घटेको घटनालाई मात्र खोज्छ त्यही पेरीफेरीमा त्यो मुचुल्का बन्छ । भोलि पनि यस्तै घटना होला कि भन्नेतर्फ यो मुचुल्काले सरोकार त्यति राख्दैन । यस्तैगरी फेरि हुन सक्ने घटनालाई घटाउँदैन । थोरै नजिरको कामसम्म गर्ला बस त्यत्ति हो । त्यसैले घटना घटाउन (कम गर्न) वैज्ञानिक ढंगको खोज हुनै पर्छ नत्र मौजुदा कानुन र सुरक्षाले मात्र हिंसात्मक घटना घटाउन कम गर्न सकिँदैन यो सत्य हो ।

अबका दिनमा वैज्ञानिक ढंगले हिंसात्मक मनोदशाका मानिसहरू र त्यसलाई उक्साउन सकारात्मक र नकारात्मक दुवै रूपमा दोषी देखिन सक्ने सरोकारवाला वा सम्बन्धित पक्षको गहिरो अन्वेषणात्मक अनुसन्धान थाल्नुपर्छ । यसो भएका खण्डमा यस्ता अपराध घटाउन (कम गर्न) सकिँदैन र ? सकिन्छ भनी मानसिक रूपमा विश्लेषण र विविध क्षेत्रमा प्रयोगमा आएका उपायहरू सुनेको, हेरेको, देखेकोबाट यी अन्वेषणका कुराहरू सरकार, सम्बन्धित पक्ष, सरोकारवालालाई र अपराध अनुसन्धान क्षेत्रलाई जिज्ञासामात्र होइन ध्यानाकर्षण गराउन प्रस्तुत गरेको हुँ । अब नयाँ ढंगले हत्याकोसँगै हत्यारा किन बन्न पुग्यो ? वैज्ञानिक ढंगले अनुसन्धान गरौँ-

मानिस यस्तो पाखण्डी किन र केले बन्छ ? यसलाई अनुसन्धानको विषयको रूपमा लिनुपर्छ र खोज्नुपर्छ । अब आउने दिनमा यस्तो अपराधको रोकथाम हुन सकोस् । यस्ता घटनाले अबका दिनमा दुःख प्रकट, श्रद्धाञ्जलि, श्रद्धासुमन, समवेदना, फेसबुकका पाना भरिनु, पुलिसलाई खबर, पोस्टमार्टम रिपोर्ट, सुसाइड नोट, छिमेकीको गवाई, घर माइतीका सवाई, निकटका नातेदारको रुवाइ, वर्तमानको कानुनी कार्बाही, डाक्टरको लेखाइ, अदालतको देखाइ सफाइ र कार्यबाही, कानुनी बन्धन आदिले घटाउन (कम गर्न) खासै अर्थ राख्न सकिरहेको छैन । यस्ता अपराध हुनाका कारण के हुन् ? खोज्नुपर्दछ रोग पत्ता लागे मात्र उपचार गर्न सकिन्छ ।

अबका दिनमा वैज्ञानिक ढंगले हिंसात्मक मनोदशाका मानिसहरू र त्यसलाई उक्साउन सकारात्मक र नकारात्मक दुवै रूपमा दोषी देखिन सक्ने सरोकारवाला वा सम्बन्धित पक्षको गहिरो अन्वेषणात्मक अनुसन्धान थाल्नुपर्छ । यसो भएका खण्डमा यस्ता अपराध घटाउन (कम गर्न) सकिँदैन र ?

ADVERTISEMENT

ठूलै सोधखोज अन्वेषणपछि मात्र हाम्रो समाज यस्ता अपराधबाट मुक्त हुने दिशातिर जानसक्छ । नत्र चितवनमा भयो, काभ्रेमा भयो काभ्रेस्थलीमा भयो भन्नुले कुनै रोकथामको अर्थ राख्दैन पुलिस जाँदैमा अपराध रोकिँदैन कानुनले मात्र किमार्थ रोक्दैन अदालतको कुरै नगरौँ । फैसला दिन पेश गरेका र जोडेको प्रमाणले अपराध रोकिँदैन यो पनि हेक्का राखौँ ।

अब घटना भयो भन्नुभन्दा घटना किन हुन्छ ? भन्नेतिर खोज्न लागिएन भने दिनानुदिन बढेको बढ्यै हुनेछ मानिस मारेर मर्ने मार्नकै लागि मर्ने क्रम बढेकोतर्फ अपराध अनुसन्धान लागेकै छैन गएकै छैन जुन घटना घट्यो त्यसैको पेरिफेरीमा सिमित छ । त्यसैले घटेको घटनाको मात्र होइन घट्ने घटनाको सोधखोज र निराकरणतर्फ लाग्न ढिलो भइसकेको छ । किनकि अपराध भएको ठाउँको प्रकृति मुचुल्कादेखि सोधपुछ, भेटेका प्रमाणका आधारमा गरिने काबाही र निर्णयले त्यही केसलाई मात्र हुन्छ । कुरा त्यतिमात्र होइन फेरि त्यस्तो अपराध नहोस् भनेर के हामीसँग कुनै योजना छ ? छैन । जुन भयो त्यो टुंग्याउने र फेरि अर्को नहुन्जेल चुपचाप बस्ने । सम्बन्धित परिवार, नातेदार, साथीभाइसँगका कुरा संकलन गरी किन अपराध भयो ? मान्छेले मान्छे मार्ने अठोट किन गर्‍यो ? मार्नुको पछाडि के कारण छ ?

यसरी एकपछि अर्को निर्मम हत्या र आत्महत्या किन भइराखेको छ ? त्यसका लागि सरोकारवालाको को हुन्छ ? मान्छे किन हत्या गर्न उद्धत्त हुन्छ ? केले उसलाई त्यो हदसम्म पु¥यायो ? मार्ने मात्र दोषी कि मारिने पनि दोषी छ ? ती दुवै दोषी हुनमा परिवार, संस्कार, समुदाय, समाज, राज्य, सरकार अनि कानुन दोषी हुन सक्छन् कि सक्दैनन् ? पति वा पत्नी अति भएपछि खति हुन्छ यो पनि बुझ्नु र सुझ्नुपर्छ । तिनलाई अलग किन नगर्ने ? यी यस्ता यक्ष र जटिल प्रश्न र तिनका उत्तरबाट समाधानको बाटोमा अवश्य पुगिन्छ तर बाटो पहिल्याएर हिँडनु पर्छ ।

एकपछि अर्को यस्ता घरेलु अपराध दुर्घटना र हत्या नहोस् भनेर खोज्नु पर्ने बेला ढिलो भइसकेको छ । त्यसैले तुरुन्तै हामीले थाल्नुपर्छ यसमा कमी ल्याउन सकिन्छ, निर्मुल पार्न त कहिल्यै पनि सकिँदैन । अमेरिका जस्तो उन्नत देशका अनुभव पनि त्यस्तै देखिन्छन् । किनकि पारिवारिक हिंसात्मक अपराध कम छ । किन छ ? पतिपत्नीबीच खटपट हुने बित्तिकै बच्चा हुन् वा नहुन् अलग्गिएर बसिहाल्छन् । हो, राज्यले १८ वर्ष मुनिका बालबच्चाको जिम्मा लिन्छ । त्यहाँ कानुनी व्यवस्था छ । जति बाहिर आइरहेका सार्वजनिक बन्दुके हिंसा सुनिन्छ देखिन्छ त्यो अलग हो ।

तर, घरेलु हिंसा पारिवारिक हिंसा हाम्रो पूर्वीय समाजमा जति छँदैछैन । हो, त्यसैले माथिका प्राश्निक सवालबाट हामी पनि केही समयको अन्तरालमा त्यत्तिकै कमी गराउँन सक्छौँ । मात्र सम्बन्धित पक्षको दिलचस्पी हुनुप¥यो विषयमा गहिरिनु पर्‍यो र वास्तविक अनुसन्धान गर्नुप¥यो । भवतु सर्व मंगलम् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *