एमालेका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता अब अल्मलिँदैनन् : झाँक्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । नेकपा एकृकीत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले पार्टी मात्रै नहेरी व्यक्ति र जनतकासँग जोडिएका एजेण्डालाई हेरेर मत दिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता झाँक्रीले एमालेले ल्याएका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउदै स्थानीय माग र आवश्यकताको आधारमा स्पष्ट एजेण्डालाई ल्याउनेलाई जनताले मत दिने दाबी गर्नुभयो ।

मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसको लागि गठबन्धन आवश्यक रहेकोे बताउदै विकास समृद्धि लागि विश्वका थुप्रै मुलुकहरूले पनि गठबन्धन प्रक्रिया अँगालेको भन्दै नेता झाँक्रीले नेपालमा देश र जनताको हित सफल हुने बताउनुभयो ।

साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुईतिहाइ मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले उसको हैसियत देखाइदिने जिकिर गर्नुभयो । उहाँले देशको विकास, आम नेपालीको जीवनस्तर उकास्नको लागि पाँच दलीय गठबन्धन आवश्यक भएको बताउनुभयो । आगामी मंसिर ४ गते जनताले गठबन्धनलाई जिताएर पुष्टि गर्ने चौधरीको भनाइ थियो ।

एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेण्डा बनाउन खोजेको उल्लेख गर्दै नेता चौधरीले हिजो ओली सरकारले ल्याएको विधेयकलाई जस्ताको तस्तै लैजाँदा अनावश्यक भ्रम सिर्जना गरिएको जिकिर गर्नुभयो । केन्द्रीय सदस्य चौधरीले भन्नुभयो, ‘योे विधेयकलाई राष्ट्र र जनताको हितमा रहेको छ ।’

ADVERTISEMENT

नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले संघीयता, संविधानलाई संस्थागत गर्नका लागि पाँच दलीय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा भिड्ने बताउनुभयो ।

पाँच दलीय गठबन्धन मध्येका पार्टीहरूले आ–आफ्ना नेताहरूको नाम सिफारस गरेको र जसलाई क्षेत्र विभाजन गर्नका लागि बनाइएको कार्यसमितिले बिना भेदभाव निर्वाचन क्षेत्र टुंग्याउने विश्वास लिएको बताउँदै, उहाँले भन्नुभयो, ‘मेरो रुपन्देही क्षेत्र न-२ बाट प्रत्यक्ष निर्वाचन लड्नका लागि इच्छा छ, नाम पनि सिफारिसमा परेको छ, कार्यसमितिले मलाई चुनेमा एमालेका नेता विष्णु पौडेललाई रुपन्देही क्षेत्र न–२ बाट हराउन मसँग थुप्रै एजेण्डा छन् ।’

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद् तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले यसमा निगरानी गर्नुपर्छ, वडास्तरमा करोड खर्च गरेको मेरै जिल्ला कपिलवस्तुको एउटा वडामा मैले सुनेको छु ।’ यसमा हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एमालेको अवस्था नराम्रो नभएको भन्दै, गठबन्धनसँग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने दाबी गर्दै, पुरानो स्टाटसलाई कायमै राख्ने उहाँले जिकिर गर्नुभयो । सबै राजनीतिक पार्टीहरू नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले पुरानै शैलीमा जाने हो भने, परिवर्तन नआउने बताउनुभयो ।

कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा र तेजेन्द्र केसीको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?