काठमाडौं उपत्यकमा एकैदिन मापसे गर्ने १८० सवारी चालकमाथि कारवाही

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको हो ।

बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारवाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको हो ।

ADVERTISEMENT

कारवाहीमा पर्नेमा लेन अनुसशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?