लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल

Read Time = 2 mins

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ । कार्यालय प्रमुख वसन्त अधिकारीले डेङ्गुको सङ्क्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको स्थानमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न अपिल गर्नुभएको छ । उहाँले डेङ्गुको नियन्त्रण लामखुट्टेको नियन्त्रणबाट मात्र सम्भव हुने भएकाले एक पटक मात्र लार्भा र अण्डा नष्ट नगरेर पटकपटक गर्नुपर्ने बताउनुभयो ।

लार्भा खोज र नष्ट गर्ने अभियान वडा तथा टोलस्तरमा जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका टोली परिचालन भएको भन्दै उहाँले निरन्तर दुई महिनासम्म हप्तामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

काठमाडौँ र ललितपुर महानगरले पनि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेका छन् । उहाँले अभियान सञ्चालन गर्दा पानी जम्न सक्ने भाडाजस्तै गमला, फूलदानी, ड्रम, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लाष्टिकको बोतल, तथा भाडा, पानी जम्ने गरी राख्ने भाडा आदिमा लामखुट्टेको लार्भा तथा अण्डा पाइने हुँदा उक्त स्थानमा जमेको पानी खाली गर्नुपर्दछ । यस वर्ष छ हजार दुई सय छमा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज