वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप

Read Time = 1 min

हल्यान्ड । वैज्ञानिकहरूले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसको आवाजको विश्लेषण गरेर कुनै व्यक्तिमा कोभिड–१९ संक्रमण भएरनभएको पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका छन् ।

नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा बढी सटिक र तुलनात्मक रूपमा सस्तो, छिटो र प्रयोग गर्न सजिलो भएको दाबी गरेका छन् ।

उनीहरुका अनुसार यो एप कम आय भएका देशहरूमा उपयोगी हुन सक्छ जहाँ आरटी–पीसीआर परीक्षण महँगो र पहुँचको अभाव छ । एआई मोडलले ८९ सत्य देखाउने वैज्ञानिकहरुको भनाइँ छ ।

ADVERTISEMENT

यो एप कोभिड पोजिटिभ संक्रमण पहिचान गर्न करिब ८९ प्रतिशत र नेगेटिभ संक्रमणका केस पहिचान गर्न ८३ प्रतिशत सही भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज