युक्रेनमा परमाणु केन्द्रको सुरक्षाको निम्ति राष्ट्रसंंघको आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ।

गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्।

गत साताको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय आइएइएले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो। उसले त्यहाँ तत्काल गोलाबारी रोकिनु पर्ने बताएको छ।

यस केन्द्र युक्रेन नियन्त्रित सहरहरू र सैन्य उपस्थितिभन्दा पर नीपर नदीको दक्षिणी किनारमा अवस्थित छ। जारी युद्धको दुवै पक्षले एकअर्कालाई उक्त केन्द्र निशाना बनाएको आरोप लगाउँदै आएका छन्।

मंगलबार रुसले किएभलाई २४ घण्टामा तीनपटक उक्त क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो। युक्रेनले रुसी सेनाले यसलाई निकट सहरहरूमा गोलाबारी गर्न प्रयोग गरेको बताएको छ। यद्यपि, रुसले भने उक्त ठाउँको सुरक्षा गरिरहेको दाबी गरेको छ।

ADVERTISEMENT

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको छ।

गत साता आइएइएका विज्ञहरूले त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कनका निम्ति निगरानी गर्दै गर्दा र निकायका प्रमुख रफायल ग्रोसीले पारमाणविक प्रकोपको वास्तविक जोखिमबारे चेतावनी दिँदै गर्दा पनि गोलाबारी जारी रह्यो।

समूहका निगरानीकर्ताहरूले दुई दिनपछि केन्द्र छोडेको भए पनि यसका दुई जना अधिकारीहरू स्थायी रूपमा त्यहाँ रहने बताइएको छ।

जापोरीजा केन्द्रमा ६ वटा रियाक्टर भएपनि युद्ध सुरु भए यता दुई वटा मात्र सञ्चालित थिए। र हाल तीमध्ये पनि एउटाले मात्रै काम गरिरहेको छ।

  • स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज