ट्रस आज बेलायतको प्रधानमन्त्री नियुक्त हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ। सोमबर दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो। दलको नेता बनेसँगै उहाँ आज (मंगलबार) प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।

ट्रसलाई बेलायती महारानी एलिजावेथ द्वितीयाले प्रधानमन्त्री नियुक्त गर्दै हुनुहुन्छ । बेलायतको ५६औं प्रधानमन्त्री बन्न लाग्नु भएकी ट्रस बेलायतमा तेस्रो महिला प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहनुभएका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिनुभएको छ । नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। ४० वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई पूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए। तर पार्टीका सदस्यहरूले ट्रसलाई बढी मत दिए। उहाँले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मत पाउनुभएको थियो ।

लिज ट्रस : सामान्य परिचय
उमेर : ४७

ADVERTISEMENT

जन्मस्थान : अक्सफर्ड

घर : लन्डन र नोर्फोक

शिक्षा : राउन्डहे स्कूल लीड्स्, अक्सफर्ड विश्वविद्यालय

परिवार : दुई छोरी, अकाउन्टेन्ट ह्युज ओुलेरीसँग विवाह

संसदीय निर्वाचन क्षेत्र : दक्षिण-पश्चिम नोर्फोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज