जापानमा दिपक बाबु नेपाल सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

टोकियो । जापानमा रहेर निरन्तर विभिन्न सामाजिक काममा सक्रिय सामाजिक अभियन्ता दिपक बाबु नेपाल सम्मानित हुनुभएको छ ।

दिपक जापानको व्यवस्थाका बाबजुद पनि झण्डै एक दशकयता कुनै पनि संघसंस्थाहरूमा प्रत्यक्ष आवद्धता बिनानै आफ्नै एकल प्रयासमा चितवानका चेपाङ बालबालिकाहरूको पठनपाठन तथा गाँस बास जुटाउने, चितवानका तेक्वान्डो खेलाडीहरूका लागि ठूलो लागतको कबर्ड हल निर्माण गर्ने, तथा अन्य अनाथ/गरिब एवं दिन दुखीहरूको उपचार खर्च जुटाउने, आवास निर्माण गरिदिने लगायतका विभिन्न सामाजिक कार्यमा निरन्तर जुट्दै आइरहनुभएको छ ।

उहाँ यिनै सामाजिक योगदानहरूको कदर गर्दै जापानको नागोयामा आयोजित दोस्रो नेपाल फ़ेस्टिवल २०२२ मा नेपाल सरकारका पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजाल र नागोया शहरका मेयरबाट संयुक्तरुपमा सम्मानित हुनुभएको हो ।

सम्मान ग्रहण पश्चात उहाँले भन्नुभयो, ‘मेरो निःस्वार्थता र पारदर्शि सेवाको कदर भएको महसुस गरेको छु,’ ‘यो सम्मान मलाई दिईएको तापनि मेरा भगवानरूपी सहयोगदाता र एक लाख बढी जापानवासी नेपालीको पनि सम्मान हो। म त केबल अभियन्ता मात्रै मलाई विश्वास र भरोसा गरिदिने तमाम सहयोगी मनहरुका कारण यो काम सफल भईरहेको छ ।’

ADVERTISEMENT

नेपालले, जन्मभूमि नेपालमा गएको महाभूकम्प प्रभावित राप्ती-१३, स्याम्राङको राष्ट्रिय आधारभूत विद्यालयलाई विभिन्न समयमा सहयोग जुटाउनुभएको थियो । भूकम्पकै समयमा उहाँले प्रभावित क्षेत्रहरूमा राहत वितरणको काममा पनि सहयोगी भूर्मिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै, सीमान्तकृत चेपाङ बालबालिकालाई निःशुल्क आवासीय सुविधासहित अध्ययन गराउने उद्देश्यले उहाँले गामवेशी चेपाङ संरक्षण केन्द्रमार्फत पनि सहयाग प्रदान गर्दै आउनुभएको छ ।

चितवानको रत्नननगरमा तेक्वान्दो खेलको प्रशिक्षणका लागि कवर्ड हल निर्माणमा पनि उहाँले सहयोग गर्नुभएको छ । त्यसका अलवा पैसा अभावमा उपाचार गर्न नसकिरहेका थुप्रै मानिसहरूलाई आवश्यक रकम उपलब्ध गराई उहाँले जीवन दान गर्दै आईरहनुभएको छ ।

दिपकले नेपालमा मात्र सहयोग पठाउने नभई जापानमा हुने हरेक प्रकारका कार्यक्रमहरूमा डटेर स्वयम सेवा गर्दै आइरहनुभएको छ । नेपाली समुदायका कार्यक्रमहरू बाहेक उहाँ आफू बसेको ठाउँको सरसफाई अभियान लगायतका जापान सरकारको स्थानीय निकायका विभिन्न ईभेन्टहरूमा स्वयम सेवा गर्न पुगिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज