चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रूस सम्बन्धको प्रशंसा

Read Time = 1 min

बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गर्नुभएको छ । राजदूत डेनिसोभस आफ्नो कार्यावधि सकेर स्वदेश फिर्ता हुँदै हुनुहुन्छ ।

सो अवसरमा मन्त्री वाङले चीन-रुस सहयोग प्रबद्र्धन र दुई राष्ट्रबीचको मित्रता र पारस्परिक विश्वासको अभिवृद्धिमा राजदूत डेनिसोभको कार्य उल्लेखनीय रहेको भन्दै उच्च प्रशंसा गर्नुभएको छ । सो अवसरमा उहाँले द्विपक्षीय सम्बन्धको विकासमा उहाँको निरन्तर योगदानको अपेक्षा गरिएको बताउनुभएको छ ।

ADVERTISEMENT

डेनिसोभले चीनमा आफ्नो कार्यावधिको क्रममा चीनले सबै पक्षमा हाँसिल गरेको अतुलनीय उपलब्धि देखेको र भविष्यमा पनि चीनले अझ ठूलो उपलब्धि हाँसिल गर्ने विश्वाससमेत लिएको बताउनुभएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज