काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौंको नयाँ बजार खुशीबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले संयुक्तरूपमा गर्नुभयो ।
नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम एप्लायन्सेसको आधिकारिक बिक्रेतासमेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ट बनाएको जनाएको छ ।
सो अवसरमा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका उपत्यकाबाहिर पाँचवटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छवटा आउटलेट सञ्चालनमा रहेको जानकारी दिनुभयो । सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम एप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामग्री बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच