पाल्पा–बुटवल खण्डमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

Read Time = 2 mins

-रामचन्द्र रायमाझी

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, हिउँदेखोलामा सडक भासिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । विहीबार निरन्तरको वर्षापछि भासिएको सडकमा माथिबाट पहिलो खसिरहेपछि गाडी सञ्चालनमा समस्या परेको हो ।

ADVERTISEMENT

सडक डिभिजन कार्यालय पाल्पाले एकतर्फी गाडी सञ्चालन गर्ने गरी काम गरे पनि पानी पर्ने र पहिरो खस्ने गर्दा गाडी सञ्चालनमा समस्या आएको सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालले बताउनुभयो । उहाँका अनुसार विहीबार साझँ बाटो खुलाउन काम गरेपनि राती पानी परेपछि पहिरो खसिरहेकाले पूर्ण रुपमा एकतर्फी गाडी सञ्चालनमा समस्या आएको हो ।

शुक्रबार भासिएको सडकमै डाइभर्सन बनाएर गाडीहरु पठाउने काम गरिए पनि माथिबाट पहिरो खसिरहेकाले मुस्किल परेको लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्ने र पानी पर्ने भएपछि नयाँ खोलिएको सडक समेत हिलाम्मे हुँदा गाडीलाई गन्तव्यमा पठाउन समस्या भएको छ । पहिरो नखसेका बेला ग्राभेलका सामग्री राखेर मात्र मुस्किलले गाडी पास गर्ने गरिएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अविरल वर्षासँगै तल्लो भागमा भासिने र माथिल्लो भागबाट पहिरो खस्ने भइरहेको छ, तर पनि हामी डोजर तयारी अवस्थामै राखेर पहिरो फाल्दै मुस्किलले ठूला साना गाडी पठाउने काम गरेका छौं ।’ अझै पनि सडक पूर्णरुपमा एकतर्फी सञ्चालन गर्न गाह्रो भएको लम्सालले बताउनुभयो । राजमार्गमा बिहीबार दिउँसो ४० मिटर सडक भासिएको थियो । राजमार्गको तल्लो भाग भासिने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?