पाकिस्तानमा बाढीको कहरः सिन्धमा १०० किलोमिटर चौडाइको ताल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

इस्लामाबाद । पाकिस्तानको घातक बाढीले सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको छ ।

नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्धु नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको देखाएको सीएनएनले जनाएको छ ।

तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो ।

ADVERTISEMENT

पाकिस्तानमा १ दशकपछिकै ठूलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको छ । बाढीका कारण दजनौँ मानिस हराइरहेका छन भने ३ हजार ५ सय जना घाइते भएका छन् ।

बाढीले देशका ३ करोड ३० लाख मानिस प्रभावित छन् । बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ ।

बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज