सनराइजका थप शाखारहित सेवा

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकले मधेश प्रदेशमा थप दुई शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले ९२ र ९३ औं शाखारहित बैंकिङ सेवा सिरहाको कल्याणपुर नगरपालिका-३ र रौतहटको फतुवा विजयपुर नगरपालिका-१० मा विस्तार गरेको हो ।

त्यसैगरी सिरहाको लहान नगरपालिका-१८, शोभापुरमा ९४ औं शाखारहित सेवा, झापाको झापा गाउँपालिका-६ शरणामतीमा ९५ औं शाखारहित सेवा सञ्चालनमा ल्याएको छ ।

ADVERTISEMENT

शाखारहित सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?