पोर्चुगलमा भेटियो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर

Read Time = 1 min

पोर्चुगल । पोर्चुगलको एउटा बगैंचामा फेला परेको अस्थिपञ्जर युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसरको भएको बताइएको छ । एजेन्सीका अनुसार उक्त कंकाल सन् २०१७ मा पोम्बलको मध्य शहरमा एक व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा फेला पारेका थिए ।

ADVERTISEMENT

स्पेनिस र पोर्चुगिज जीवाश्मविद्हरूले यस वर्षको अगष्टमा डायनासोरको उत्खनन गरेका थिए । उक्त जीवाश्मको घाँटी र पुच्छर लामो भएको बताइएको छ । उक्त जीवाश्म १५० मिलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ । उक्त कंकालको अहिले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज