कोशी तटका हाम्रा महर्षि भारद्वाज र उनको विमान शास्त्र

Read Time = 18 mins

✍️ मणि शर्मा

विसं २०११ सालबाट ओरालो लागेको हाम्रो शिक्षा नीति २०२८ सालको नयाँ शिक्षा योजनाले यसलाई मृत प्रायः बनाइसकेको थियो । २०६३ सालयता त पूरै पश्चिमीकरणमा शिक्षा नीति गएको छ । साना नानीहरूको बालमष्तिष्कमा ई माने इशा मसीह, ईसा मसीहले हाम्रो रक्षा गर्छन्देखि दश कक्षासम्म आइपुग्दा पाठ्यपुस्तकहरूमा बाइबलको उदाहरण दिन थालिएको छ । नेपाल सनातन धर्मसापेक्ष राष्ट्र हो । यो वैदिक कालमा भन्दा पूर्व तथा त्यसपछिका ऋषिमुनिहरूको जन्म र कर्मथलो हो । वेद, वेदान्त तथा पुराणहरूदेखि सम्पूर्ण ग्रन्थको उत्पत्ति यहीँ भएको हो । जब २०६३ पछि यहाँ आसुरी शासन व्यवस्था स्थापना भयो । आसुरी शासक वर्ग यहाँको धर्म, संस्कृित र सभ्यताको हत्या गर्न लागिपरेका छन् ।

सन् १९४७ मा इण्डिया स्वतन्त्र भएपछि राष्ट्रभाषा के बनाउने कुरामा विवाद भयो । मद्रासका काञ्जीवरम् नटराजन् अन्ना दुराई जो त्यस बेला वामपन्थी विचारले प्रभावित थिए, ले संस्कृत सबै भाषाको जननी हो त्यसैले संस्कृतलाई इण्डियाको राष्ट्रभाषा बनाउनुपर्छ भन्दा नेहरूले भनेका थिए, यो मिति सकिएको भाषा हो । जसलाई गान्धीजीले पनि समर्थन गरेका थिए, केही दशकदेखि प्रचलनमा आएको उर्दू र खडी बोलीको भाषा हिन्दीलाई राष्ट्रभाषा बनाइयो । पछि अन्ना दुराईले वामपन्थी विचार त्यागेर द्रविड मुन्नेत्र कषगम दल गठन गरे र मद्रासको मुख्यमन्त्री भए ।

सत्य युगमा विमान मन्त्रको शक्तिले उड्थ्यो, त्रेता युगमा मन्त्र तथा तन्त्रको सम्मिलित शक्तिबाट चल्थ्यो, द्वापर युगमा मन्त्र, तन्त्र र यन्त्रको सामूहिक शक्तिबाट विमान उड्थ्यो, कलियुगमा मन्त्र तथा तन्त्रको शक्ति ह्रास भएकाले केवल यन्त्रको शक्तिले विमान उड्छन् ।

यिनले गर्दा नै मद्रासको नाम तमिलनाडु रहन गयो । संस्कृतलाई अपहेलना गर्ने नेहरू परिवार तथा करपात्री महाराजको अपमान गरेर सयौं साधु सन्यासीहरूको हत्या गरेको श्रापका कारण नेहरूका छोरी र नातिहरूको पनि हत्या भयो । आज इण्डियामा कांग्रेस बत्ती बालेर खोज्नुपर्ने स्थितिमा पुगेको छ । हामै नेपालमा जन्मेका तथा यसलाई कर्मथलो बनाएका ऋषिमुनिहरूले धेरै आविष्कार गरेका छन् । यहीँका वेद, वेदान्त र संहिता चोरेर पश्चिमाले धेरै आविष्कार गरे तर नेपाल आज गरिब मुलुकमा परिणत भएको छ । यी आविष्कारमध्ये भारद्वाज ऋषिले लेखेको विमान शास्त्रबाट प्राचीन कालमा विभिन्न किसिमका विमान बनेका थिए ।

हाम्रो कोशी तटका ऋषि भारद्वाजले विमानको परिभाषा यसरी गरेका छन् (वेग संंयत् विमानो अण्डजानाम् ।) अर्थात् पंक्षीहङ समान वेग भएकाले यसलाई विमान भनिन्छ । सत्ययुगमा ब्रहृमा र अन्य देवताहरूको आग्रहमा दक्षहरू (इन्जिनियरहरू) ले प्राकृतिक शैलीका विमानहरू बनाएका थिए । सत्य युगमा विमान मन्त्रको शक्तिले उड्थ्यो, त्रेता युगमा मन्त्र तथा तन्त्रको सम्मिलित शक्तिबाट चल्थ्यो, द्वापर युगमा मन्त्र, तन्त्र र यन्त्रको सामूहिक शक्तिबाट विमान उड्थ्यो, कलियुगमा मन्त्र तथा तन्त्रको शक्ति ह्रास भएकाले केवल यन्त्रको शक्तिले विमान उड्छन् ।

सत्ययुगमा मन्त्रिका विमान छब्बीस प्रकारका, त्रेता युगमा तन्त्रिका विमान छपन्न प्रकारका र द्वापर युगमा कृतिका विमान छब्बीस प्रकारका थिए । सुरुमा बनेका विमान चार मुख्य श्रेणीका विमान थिए (रुकमा, तिखो आकारको स्वर्ण रंगको विमान, सुन्दरः (त्रिकोण आकारको तथा रजतयुक्त विमान, त्रिपुरः (तीन तले शंंक्वाकारको ( जसको एउटा छेउँ गोलो र अर्को छेउँ तीखो बिन्दु जस्तै विमान, शकुनः (पक्षीको आकारको, यो अन्तरिक्ष विमान थियो ।

महर्षि भारद्वाजको विमान शास्त्रअनुसार विमानका प्रकारहरू : शकत्युदम विमान (विद्युतवाट चल्ने विमान, धुम्र विमान : धुवाँ, वाष्प आदिबाट चल्ने विमान, अशुवाह विमान (सूर्य किरणले चल्ने विमान, शिखोदभग विमान ः पाराले चल्ने विमान, तारामुख विमान : चुम्बकीय शक्तिबाट चल्ने विमान, मरुत्सख विमान (वायु अथवा ग्यासले चल्ने विमान, भूतबाहक विमान (जल, अग्नि तथा वायुले चल्ने विमान ।)

महर्षि भारद्वाजले भनेका छन् विमानका रहस्यहरूलाई जान्नेले मात्र त्यसलाई चलाउन सक्छ । विमान शास्त्रानुसार विमान चलाउन बत्तीसवटा रहस्य जान्नुपर्छ । त्यसमध्ये केहीको उल्लेख यहाँ गरिएको छ । कृतक रहस्य ः यसमा विमान बनाउने हार्डवेयर याने कलपूर्जासम्बन्धी ज्ञान छ । गूढ रहस्य : यसमा विमानलाई लुकाउने विधि लेखिएको छ । यसअनुसार वायु तत्व प्रकरणमा भनिएको रीतिअनुसार वातस्त्मभ्को जो आठौं परिधि रेखा छ त्यस मार्गको यासा, वियासा तथा प्रयासा इत्यादि वायु शक्तिहरूलाई सूर्यकिरण हरण गर्ने जुन अन्धकार शक्ति छ त्यसलाई आकर्षण गरेर त्यसको सम्बन्ध बनाए विमान लुक्न सक्छ ।

अपरोक्ष रहस्य (यसअनुसार शक्ति तन्त्रमा भनिएको रोहिणी विद्युत् फैलाउनाले विमानको अगाडि आउने वस्तुहरूलाई प्रत्यक्ष देख्न सकिन्छ । संकोचा : विमान आकाशमा उडिरहेको समय आवश्यकता पर्दा विमानलाई सानो बनाउन सकिन्छ । विस्तृता : विमान उडिरहेका बेला यसलाई ठूलो पार्ने पद्धति । सर्पागमन रहस्य : उडिरहेको विमानलाई सर्प झैँ चलायमान गर्न सकिन्छ । यसमा भनिएको छ, दण्ड, चक्र आदि सात प्रकारको वायु तथा सूर्य किरणहरूको शक्तिहरूलाई आकर्षण गरी विमानको मुखमा जुन तेर्सो फ्याँक्ने केन्द्र छ, त्यसको मुखमा त्यसलाई नियुक्त गरिसकेपछि त्यसलाई तानेर शक्ति उत्पन्न गर्ने नालमा प्रवेश गराउनुपर्छ ।

ADVERTISEMENT

यो गरेपछि विमानको गति सर्पको गति जस्तै हुन्छ । परशब्द ग्राहक रहस्य : शब्द ग्र्राहक यन्त्र विमानमा लगाउनाले दोस्रो वा शत्रुपक्षीय विमानमा भएका मानिसहरूको कुराकानी सुन्न सकिन्छ । रूपाकर्षण यन्त्र : यो यन्त्रद्वारा अर्को विमानभित्रका दृश्यहरू देख्न सकिन्छ । दिक्प्रदर्शन यन्त्र : यो यन्त्र विमानमा लगाउनाले विमानको दिशा पत्ता लाग्छ । स्तब्धक रहस्य : एउटा विशेष प्रकारको अपस्मार नामक ग्यास स्तम्भन यन्त्रद्वारा अर्को पक्षको विमानमा छोड्नाले भित्र रहेका सबै मानिस मुर्छित हुन्छन् ।

कर्षण रहस्य : आफ्नो विमानलाई नाश गर्न आएको शत्रु पक्षको विमानमाथि आफ्नो विमानको मुखमा रहेको वैश्रवानर नामक नलीमा ज्वालिनीलाई बालेर सत्तासी लिंक (डिग्री जस्तो नाप) प्रमाण हुनुपर्छ, तबसम्म तातो पारेर दुवै चक्कलको (वर्तुलको) बटन दाबे शत्रु विमानहरूमाथि गोलाकार दिशाबाट त्यो शक्तिलाई प्रक्षेपण गरेपछि शत्रुको विमान नष्ट हुन्छ ।

भारद्वाजले आकाश मार्ग तथा त्यसको आवर्तहरूको वर्णन यस प्रकार गरेका छन् (किमीमा परिवर्तित गरिएको छ) (१० किलोमिटर रेखा पथ शक्त्यावृत्त हुरी वा चक्रवात आउँदा, ५० किमी वातावृत्त भीषण हावा चले, ६० किमी कक्ष पथ किरणावृत्त सौर हुरी आउँदा, ८० किमी शक्ति पथ सत्यावृत्त हिऊँ परे । त्यो युगमा कुनै रनवे थिएनन् । विमान जहाँ पनि अवतरण गर्न समिन्थ्यो । भारद्वाजले विमान चालक विमानमा हुँदा के खानुपर्छ पनि निर्देश गरेका छन् । उनले खाली पेट विमान चलाउनु हुँदैन भनेका छन् । युद्धक विमान कतै आकस्मिक अवतरण गर्नुपर्‍यो, जहाँ खाद्य सामग्री पाइँदैन त्यहाँ एक सय प्रकारका वनस्पतिहरूको नाम दिएका छन् जो विमानमा रहेकाहरूले खाएर बाँच्न सक्छन् ।

विमान शास्त्रमा एकतीस प्रकारका यन्त्र र त्यसलाई जडान गर्ने बारे पनि लेखेका छन् । त्यसमध्ये केही विश्व क्रिया दर्शन : यस यन्त्रबाट विमानको वरिपरिको दृश्य विमान चालकले हेर्न सक्छन् । यसलाई बनाउन अभ्रक र पारा आदिको प्रयोग हुन्छ । परिवेश क्रिया यन्त्र : यस यन्त्रले विमानको गतिलाई नियन्त्रित गर्छ । शब्दाकर्षण यन्त्र : यस यन्त्रद्वारा छब्बीस किलोमिटर क्षेत्रको आवाज सुनिन्छ तथा पंंक्षीहरूको आवाज आदि सुन्न सक्ने भएकाले तिनीहरू विमानसँग ठोक्किने सम्भावना कम हुन्छ । गर्भर्गह यन्त्र : यस यन्त्रद्वारा जमिनमुनि गाडिएका विष्फोटक पत्ता लगाइन्छ ।

शक्त्याकर्षण यन्त्र : यस यन्त्रले विषालु किरणलाई आकर्षित गरी त्यसलाई उष्णतामा परिवर्तित गरी उष्णतालाई वातावरणमा छोड्नु हो । दिशादर्शी यन्त्र : यस यन्त्रले दिशा निर्देश गर्ने काम गर्छ । बक्र प्रसारण यन्त्र : यस यन्त्रद्वारा शत्रुको विमान अगाडि आए तुरुन्त पछाडि फर्कन सम्भव हुन्छ । अपस्मार यन्त्र : युुद्धको समय यस यंन्त्रबाट विषालु ग्यास छोडिन्छ । तमोगर्भ यन्त्र : यस यन्त्रद्वारा युद्धको समय शत्रु विमानबाट आफ्नो विमान लुकाउन सकिन्छ । यसको निर्माणमा तमोगर्भ लौह प्रमुख घटक थियो ।

महर्षि भारद्वाजले विमान चलाउन चाहिने तीन किसिमका इन्धनको उल्लेख विमान शास्त्रमा गरेका छन्-विभिन्न दुर्लभ वनस्पतिहरूको तेल, पाराहरूको भाप र सौर ऊर्जा । अहिले भारद्वाजले लेखेको विमान शास्त्र नासामा छ । नासाले त अवश्य पनि यो पूजा गर्न लगेको होइन । नासामा संस्कृतको अध्ययन हुन्छ । विभिन्न देशबाट संस्कृतका विद्वानहरू त्यहाँ लगिएका छन् । हाम्रो देशको आसुरी शासन व्यवस्थामा सनातन धर्मको विनाशका साथै संस्कृत भाषाको विनाशको लागि शासकवर्ग नै लागेका छन् । भारतमा अहिले हिन्दू धर्म, संस्कृतिविरोधी फिल्महरू तथा अश्लील फिल्म र वेब सिरिजहरूको वहिष्कार ट्रेन्ड चलेकाले बलिउड उद्योग धाराशयी हुने अवस्थामा पुग्न लागेको छ ।
बलिउडले यसलाई न सच्याए यसको अवनतिको दिन टाढा छैन तर नेपालमा छाडा संस्कृतिको बहार नै आएको छ ।

तीज गीत तथा नृत्यलाई यति अश्लील बनाइएको छ कि परिवारसँग बसेर हेर्नै नसकिने अवस्था छ । नारीहरू कामुक हुँदै नागिँदै गइरहेका छन् । टिकटक अश्लीलताको भण्डार हुन लागेको छ । भारतले टिकटिकमाथि प्रतिबन्ध लगाएको छ । हामी कहाँ छाडा संस्कृतिलाई राज्यले नै छुट दिएको छ । विद्यालयहरूको शिक्षा न ज्ञानबद्र्र्धक छ न मानवोचित र न नैतिकता सिकाउने । विद्यालय भनेको बेरोजगारहरूको उत्पादनस्थल भएको छ । न त हाम्रो देशको गौरवशाली इतिहास पढाइन्छ न त हाम्रो भूगोल न त नैतिक शिक्षा न त संस्कृत नै । पश्चिमाहरूले जे पढा भन्यो जुन पाठ्यक्रम बनाइदियो त्यही यहाँ पढाइन्छ ।

अहिले भारद्वाजले लेखेको विमान शास्त्र नासामा छ । नासाले त अवश्य पनि यो पूजा गर्न लगेको होइन । नासामा संस्कृतको अध्ययन हुन्छ । विभिन्न देशबाट संस्कृतका विद्वानहरू त्यहाँ लगिएका छन् ।

हाम्रा शासकहरू सरकार बनाउन होस् वा गिराउन भारतमा गएर प्रभुहरूसँग उनीहरूका हरेक शर्त मानेर सरकार बनाउने गर्छन् । नागरिकता विधेयक त्यसैको उपज हो तर भारतमा लागू भएको असल नीतिको अनुसरण गर्दैनन् । भारतले पश्चिमा पढाइको शैलीलार्ई परिवर्तन गरी पारम्परिक शैलीमा विद्यालयहरूमा पढाइ सञ्चालन गर्न बाबा रामदेवको अध्यक्षतामा भारतीय शिक्षा बोर्डको गठन गरेको छ । यसले आधुनिक शिक्षाका साथै वैदिक शिक्षालाई पनि विद्यालयहरूमा लागू गर्ने लक्ष्य राखेको छ । के नेपालले भारतको जस्तो यहाँ पनि आधुनिक शिक्षाका साथै वैदिक शिक्षा लागू गर्न संस्कृतका विद्वानहरू सम्मिलित बोर्ड गठन गरेर वैदिक शिक्षालाई समेत विद्यालयमा लागू गर्न सक्दैन ?

हामीले केवल हाम्रा वैैज्ञानिक ऋषिमुनिहरूको कथा पढेर कुनै युगमा हामी पनि यस्ता थियौं भनेर बस्नेमात्र हो कि हामीले पुनः त्यस्ता वैज्ञानकिहरू उत्पादन गर्ने हौं ? हामीले राजतन्त्रको पुनस्र्र्थापनाको आवाज उठाउँछौं । राजा त वेद, पुराण र संहिताहरूको ज्ञान भएका व्यक्ति हुनुपर्छ न कि अंग्रेजी शिक्षा र संस्कृतिमा रमाएका । राजपरिवारले पनि यसतर्फ सोच्नुपथ्र्यो । केवल जन्मले हिन्दू भएकै कारण राजा भएकाले न त राजतन्त्र बच्यो न त हिन्दू राष्ट्र । राजाको आचरण यदि वैदिक नियमानुसार भएन भने त्यस्तो राजतन्त्रको आवश्यकता हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *