भारतको नयाँ प्रधानन्यायाधीशमा उदय उमेश नियुक्त

Read Time = 1 min

नयाँदिल्ली । भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त हुनुभएको हो । ललितले शनिबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा शपथ खुवाउनुभएको हो । उहाँ भारतको ४९औं प्रधानन्यायाधीश बन्नुभएको हो । उहाँ सन् २०१४ को अगष्टमा सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो ।

ADVERTISEMENT

ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । झण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने उहाँले बताउनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज