पाकिस्तानमा बाढीको कहरः अन्तर्राष्ट्रिय सहयोगका लागि सरकारको अपिल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इस्लामाबाद । बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण १ हजार भन्दा बढी मानिस विस्थापित भएको मन्त्रालयका अधिकारी सलमान सुफीले बताए ।

पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न सम्भाव्य सबै कदम चालेको उनले बताए । देशको उत्तर-पश्चिममा, खैबर पख्तुनख्वा प्रान्तमा नदीको प्रवाह बढेपछि हजारौं मानिस विस्थापित भएका छन् ।

ADVERTISEMENT

‘हामीले वर्षौंको मिहिनेतले बनाएको घर हाम्रो आँखा अगाडि डुब्न थाल्यो’ २३ वर्षीय जुनैद खानले भने ‘हामी सडकको छेउमा बसेर घर डुबिरहेको हेर्योँ ।’ देशको दक्षिण-पूर्वी सिन्ध प्रान्त पनि नराम्ररी प्रभावित भएको छ । हजारौं आफ्नो घरबाट विस्थापित भएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज