बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिन्धुपाल्चोक । शनिबार रातिको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डअन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ ।

सीमखेतनजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

ADVERTISEMENT

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका-६ र ७ का स्थानीय प्रभावित भएका छन् ।

पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *