ताइवानले बढायो रक्षा बजेट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ताइपेई । ताइवानले रक्षा बजेट बढाएको छ । ताइवानले नयाँ लडाकू विमान किन्नका लागि १९ अर्ब डलर खर्च गर्ने भएको हो । यस वर्षको बजेटमा ताइवानले रक्षा खर्च अघिल्लो सालभन्दा १३.९ प्रतिशत बढाएको हो ।

ADVERTISEMENT

चीनले ताइवानमाथि आक्रमण गर्न लागेको विश्वास लिई ताइपेइले प्रतिरक्षा क्षमता बढाउन खर्चमा वृद्धि गरेको हो । ‘हामी सुरक्षा र राष्ट्रिय रक्षालाई उच्च प्राथमिकतामा राख्छौं,’ तथ्यांक मन्त्री चु चर्मिङले भन्नुभएको छ । उता चीनले अत्याधुनिक स्टेल्थ लडाकू विमान तथा विमानवाहक युद्धपोतमा खर्च गरिरहेको छ । त्यसलाई लामो दूरीको क्षेप्यास्त्रका साथ प्रतिकार गर्ने आशा ताइवानले लिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज