टोकियो । जापानका राष्ट्रिय प्रहरी एजेन्सीका प्रमुख नाकामुरा इतारुले पदबाट राजीनामा दिनुभएको छ ।
नाखामुराले, पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको घटनामा राष्ट्रिय प्रहरी एजेन्सीले सुरक्षा गार्डको समस्याको जाँच गरी पुनरावृत्ति हुन नदिन उपायहरू संकलन गरेको बताउँदै, सुरक्षा गार्डको अपर्याप्तताले घटना भएको हो भनेर जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुभएको हो ।
गत महिना पूर्व प्रधानमन्त्री आबेलाई जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानी हत्या गरिएको थियो ।
यो घटना निकै गम्भीर रुपमा लिएको बताउँदै उनले बिहीबार राजीनामा पत्र बुझाउनुभएको छ । उहाँको राजीनामालाई मन्त्रिपरिषद्को बैठकले पारित गर्नेछ ।
गत जुलाई ८ तारिख पुर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या भएको थियो । आउने महिना सेप्टेम्बर २७ मा आबेको राजकिय अन्त्येष्टि गरिँदैछ । सो अन्त्येष्टिमा विभिन्न देशका उच्च तहका व्यक्तिसहित ६ हजार ४ सय जना सहभागी हुने अपेक्षा गरिएको छ ।
यो घटना घट्नुमा पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध नहुनु तथा भएका सुरक्षाकर्मीहरूको उचित व्यवस्थापन हुन नसक्नुलाई कारण मानि बहसहरू भइरहेका छन् । एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts