पशु स्वास्थ्य प्राविधिकको खबरदारी र्‍याली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पशु स्वास्थ्य प्राविधिकहरुले संसदबाट पारित हुने प्रक्रियामा रहेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक जस्ताको त्यस्तै ऐनका रूपमा लागू गर्न खबरदारी गरेका छन् । पशु प्राविधिकका संगठन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा), नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन (नेभ्ला) र नेपाल एनिमल साइन्स एसोसिएसन (नासा)ले काठमाडौंमा सयुक्तरुपमा प्रदर्शन गर्दै खबरदारी गरेका हुन् ।

साउन ३१ गते प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभाका पुगेको विधेयकको विरोधमा पशु चिकित्सकले आन्दोलन थालेपछि विधेयक पारित हुन नदिने षडयन्त्र भएको भन्दै पशु स्वास्थ प्राविधिकहरुले खबरदारी गरेका हुन् ।

ADVERTISEMENT

नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले संसदबाट पारित भएको विधेयक रोक्न पशु चिकित्सकबाट षडयन्त्र हुन थालेकाले खबरदारीका र्‍याली आयोजना गरिएको बताउनुभयो । विधेयक जस्ताको त्यस्तै पारित भएमा पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा सेवारत दर्तावाला पशु चिकित्सकबाहेक करिव ६० हजारभन्दा बढी जनशक्ति कानूनी दायरामा आउने र पशुपालक कृषकले गुणस्तरीय सेवा पाउने मेहताको भनाइ छ ।

पशु चिकित्सा परिषद् ऐन २०५५ ले परिषद्‌मा दर्ता भएका पशु चिकित्सकबाहेकको जनशक्तिलाई कानुनीरूपमा अवैध मानेको तर पशु स्वास्थ्यसम्वन्धि सेवा भने पशु प्राविधिकले नै गर्नुपर्ने अवस्था रहेको छ । किनभने करिब १५ सय हाराहारीमा रहेका पशु चिकित्सकमध्ये आधा विदेश पलायन भएका, केही सरकारको प्रसाशनिक सेवामा रहेका र बाँकी शहरी क्षेत्रका पेट क्लिनिकहरुमै केन्द्रित रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?