काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नगरभित्रका ९ देखि १२ कक्षा पढ्ने विद्यार्थीले कम्तिमा बर्षमा ७ दिन श्रमदान गर्नुपर्ने बताउनु भएको छ ।
फेसबुकमा स्टाटस लेख्दै उहाँले धरानमा श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गर्नुभएको छ । बाल श्रमलाई प्रोत्साहन मिल्ने किसिमको उहाँको अभिव्यक्ति भएको भन्दै आलोचना हुन थालेको छ ।
केही दिन अघि मेयर साम्पाङले काठमाडौंको फोहोरका विषयमा उहाँको फेसबुक स्टाटस विवादित बनेको थियो । उहाँले काठमाडौंका मेयर बालेन्द्र साहविरुद्धका विवादित टिप्पणी गर्नुभएको थियो ।
यसैगरी आज मेयर साम्पाङले अर्को विवादित स्टाटस लेख्नुभएको छ ।
हेर्नुहोस् आज उहाँले लेख्नुभएको केही फेसबुक स्टाटस्










This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts