काठमाडौं । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताउनु भयो ।
बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भन्नुभयो, ‘महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ । दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो ।’
बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता