एकैपटक अमेरिकाका ८ हजार उडान रद्द

Read Time = 1 min

न्युयोर्क । टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिंगटन पोस्टको रिपोर्ट अनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् ।

प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोस्टले जनाएको छ । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरू ढिलो भएका छन साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् ।

ADVERTISEMENT

खराब मौसमका कारण जेटब्लुको ५२ प्रतिशत उडान तालिका पनि अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज