पाकिस्तानमा अन्तर-धर्म विवाहको विरोधमा प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक सिख महिलालाई मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको मुद्दामा पुलिसले निस्किृयता देखाएको भन्दै अल्पसंख्यक सिख समुदायका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले मुख्य बुनेर सडक घण्टौंसम्म अवरुद्ध गरेका थिए । शिख समुदायका सदस्यहरूले आफ्नो भाषणमा स्थानीय पुलिसले उनीहरूलाई सहयोग नगरेको गुनासो गरे । उनीहरूले जीवन र सम्पत्तिको सुरक्षाको माग गरे ।

ADVERTISEMENT

२५ वर्षीया सिख महिला मीना कुमारीलाई पहिले भाग्न बाध्य पारेर मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको उनीहरूले बताए । यद्यपि, कुमारीले स्थानीय प्रहरीसमक्ष आफ्नो बयानमा आफू दबाबमा नपरेको र स्वेच्छाले मुस्लिम पुरुषसँग भागेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज