हेलसेन्की । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन् । उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको समर्थनमा प्रधानमन्त्रीको नक्कल गर्दै विभिन्न देशका महिलाले भिडियो बनाएका हुन् ।
उनको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले लागू औषध सेवन गरेको हुन सक्ने भन्दै त्यसको परीक्षण गर्न माग गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सन्ना मारिनको ड्रग टेस्टमा नेगेटिभ रिपोर्ट आएपछि धेरै महिलाहरूले ’सन्नासँग एकता’ ह्यासट्यागको साथ भिडियोहरू पोस्ट गरे । केही विरोधीले बहालवाला प्रधानमन्त्री उक्त बानीको अलोचना गरे पनि यसप्रति सामाजिक सञ्जालमा महिला उनको पक्षमा उभिएका छन् ।
भिडियोमा महिलाहरूले आफ्ना घर वा सार्वजनिक स्थानमा नृत्य गरेको देखिन्छन् । एक प्रयोगकर्ता सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्याप्सनले प्रधानमन्त्रीप्रति ऐक्यबद्धा गरेको पुष्टि हुन्छ । ‘हामी सबैले अलि बढी नाच्नु पर्छ१ म सन्नासँग एकतामा खडा छु।’ सान्ना मारिनलाई समर्थन जनाउने विभिन्न देशका महिला राजनीतिज्ञ पनि छन् ।
अस्ट्रेलियाकी संसद सदस्यले नृत्य गरेको तस्बिर ट्विटरमा पोस्ट गर्र्दै लेखेकी छिन्, ‘ यदि पार्टीमा बाफ छोड्नु तपाईको प्रधानमन्त्रीले गरेको सबैभन्दा नराम्रो काम हो भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ ।’
युरोपेली संसदकी सदस्य, टिली मेट्जले पनि मारिनसँग ऐक्यबद्धता जनाउँदै सार्वजनिक वातावरणमा नाचिरहेको भिडियो सेयर गरेकी छिन् । ‘राइट टु डान्स’ र ‘राइट टु डिसकनेक्ट’ ह्यासट्यागको साथमा उनले भनिन्, ‘महिला राजनीतिज्ञ आफ्नो सप्ताहन्तमा साथीहरूसँग नाँच्दा तपाईलाई समस्या छ भने तपाइँमा समस्या हो, राजनीतिज्ञमा होइन । हामी अझ बढी नाच्नु पर्छ,।’ एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts