काठमाडौं । महान् चाडमा आफ्ना ग्राहकको जीवनको एक हिस्सा बन्न गत वर्ष सनसिल्क नेपालले बडादशैँ २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दशैँ भाइब्स अभियान सुरु गरेको थियो, जुन अभियान निकै सफल पनि भएको थियो । अभियानले नेपाली युवतीहरूलाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ अफ गल्र्सको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो ।
आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल गर्र्दै सनसिल्कका ब्रान्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्रान्डको प्रतिनिधित्व गर्न जोडिनुभएको थियो । प्रतियोगिताका विजेताका रूपमा यस वर्षको सीमित विशेष दशैँ प्याकमा प्रस्तुत हुने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त प्याक नेपालमा पहिलोपटक प्रस्तुत गरिँदैछ ।
नयाँ प्याकमा तीन भिन्न प्रकार रहेका छन्, हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट । नेपालका लाखौँ घरमा नयाँ प्याकले स्थान पाउने कम्पनीको अपेक्षा रहेको छ । युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले भन्नुभयो, ‘लाखौँ उपभोक्ताले रुचाएको र देशभर बिक्री हुने सनसिल्क निःसन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्रान्ड हो । गत वर्ष दशैँको दौरानमा आयोजित दशैँ भाइब्स प्रतियोगिताका विजेता सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ र प्रतियोगिता आफैँमा एक अभूतपूर्व सफल अभियान थियो ।’ कम्पनीका अनुसार सनसिल्क दशैँ भाइब्सले फेसबुक, इन्स्टाग्राम र टिकटकभरमा छ करोडभन्दा बढी भ्युज प्राप्त गरेको थियो भने दुई हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच