क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अष्ट्रेलियालीहरूको संख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्यांकबाट खुलासा भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो संख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।
अस्पताल भर्ना भएकामध्ये ५३ प्रतिशत डायलासिस (मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया) मा थिए र बाँकी मिर्गौला प्रत्यारोपण गराउनेहरू थिए । सन् २०१९/२० मा अष्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा तीमध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए ।
एआइएचडब्युका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उहाँले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाउनुभयो । उहाँले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेको पनि बताउनुभयो ।
मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो । मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नका लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उहाँले सुनाउनुभयो । सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दा सबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला प्रतिस्थापन थेरापी गराएका थिए । रासस/सिन्हृवा ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts