अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २ हजार ८ सय १० एम्पुल नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ सैबु बस्ने ३८ वर्षीय कानविन श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका-१० बस्ने ४३ वर्षीय ध्रुव लिम्बु र पर्सा बिन्दबासिनि गाउँपालिका-४ बस्ने ४० वर्षीय जमुना साह तेली रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूमध्ये श्रेष्ठलाई बुप्रेनोर्फिन २ सय ४३ एम्पुल, फेनारगन २ सय ४३ एम्पुल, डाइजेपाम २ सय ४३ एम्पुल र नगद २० हजार रूपैयाँसहित बिहीबार ललितपुर महानगरपालिका-२ झम्सिखेलबाट, लिम्बुलाई बुप्रेनोर्फिन ५ सय ६० एम्पुल, फेनारगन ५ सय ८४ एम्पुल र डाइजेपाम ७ सय ३७ एम्पुलसहित र तेलीलाई बुप्रेनोर्फिन ९८ एम्पुल र डाइजेपाम १ सय २ एम्पुलसहित शुक्रबार काठमाडौं कालोपुलबाट पक्राउ गरेको हो ।

उक्त लागूऔषधहरू तेलीले लिम्बुमार्फत् श्रेष्ठलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ यसअघि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ४ महिना कैद भुक्तान गरि छुटेका थिए ।

ADVERTISEMENT

यसैगरी पर्साकाे वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित तीन जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० बस्ने २७ वर्षीय सोनु मिश्र, भारतीय नागरिक १९ वर्षीय राहुल कुमार र १९ वर्षीय दिपु कुमार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?